२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को एसईई : केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध



अ+ अ-

महोत्तरी । प्रदेश २ को एसईईमा केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । प्रश्नपत्र बाहिरिएपछि आज बसेको शिक्षा विकास निर्देशनालयको बैठकले उक्त निर्णय गरेको हो ।

विकास निर्देशनालय, प्रदेश २ का निर्देशक रमाकान्त शर्माका अनुसार मोवाइलको दुरुपोग भएको भन्दै यस्तो निर्णय गरिएको हो ।


शर्माले भने “बिहीबारबसेको बैठकले परीक्षामा खटिने सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगीको मोवाइल अफ गरी केन्द्राध्यक्षको नियन्त्रणमा राख्ने निर्णय गरिएको छ ” ।

शर्माका अनुसार केन्द्राध्यक्ष बाहेक अरुलाई मोवाइल प्रयोग गर्न दिइने छैन् ।केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको बिबरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न पनि बैठकले निर्देशन दिएको छ ।

बैठकमा प्रदेश २ का मुख्यसचिव दीपक सुवेदी, मुख्य न्यायाधिबक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।स्थगित भएको परीक्षा २२ गते बिहान ८ बजेदेखि हुँदैछ ।