२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा सुधार



अ+ अ-

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव ०१ अंकले बढेको हो । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार २ अंकले बढेर नृप्से परिसूचक १ हजार १ सय ६५ दशमलव ८४ अंकमा पुगेको छ ।

नेप्सेपरिसूचकसँग बुधबार कारोबार रकममका समेत वृद्धि देखिएको छ । दिनभर भएका ७ हजार २ सय २ कारोबारबाट १ सय ७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस अघि मंगलबार ३५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । बुधबार नेप्से परिसूचकमा २ अंकको वृद्धि देखिए पनि अधिकांश समूहहरु घटेर राताम्मे देखिएका छन् । बैंकिङ र विकास बैंक समूह उकालो लागे पनि अन्य सबै समूहहरु ओलारो लागेका छन् ।

कारोबार रकमका आधारमा बुधबार एनआइसी एशिया बैंक पहिलो नमबरमा देखिएको छ । यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंक दोस्रो नम्बरमा देखिएको छ ।

पहिलो नम्बरमा देखिएको एनआईसी एसियाको ४ करोड ३७ लाख ३५ हजार ७ सय ९३ रुपैयाँको कारोबार रभएको छ भने दोस्रो स्थानमा देखिएको एनसीसीको बुधबार ४ करोड १६ लाख ६६ हजार २ सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड, एनएमबी बैंक र पइम कमर्शियल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।