२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार खसोग्गीका सन्तान गद्दार निस्किए, बुवाको हत्याको क्षतीपूर्तीस्वरुप लाखौं डलर र घर लिए



अ+ अ-

काठमाडौँ । हत्या गरिएका साउदी पत्रकार जमाल खसोग्गीका सन्तानले बुवाको हत्याको क्षतीपूर्तीस्वरुप साउदीमा लाखौं डलर मूल्यको धन सम्पति लिएका छन् । उनिहरुले क्षतीपूर्ती स्वरुप घर पाउनुका साथै मासिक १० हजारदेखि १५ हजार डलर पाइरहेको खुलासा भएको छ । यो सुविधा अनिश्चित समयका लागि तोकिएको साउदी अधिकारी र परिवारका नजिकका आफन्तले पुष्टि गरेका हुन् ।

खासोग्गीका जेठो छोरा, जसले सरकारसँग समन्वय गर्छन्, लाई साउदीको जेदाहामा ठूलो घर दिइएको छ । उनी एक बैंकर हुन् । उनका भाई अब्दुल्लाह र दुई बहिनीलाई छुट्टै कम्पाउन्ड भएका तीनवटा छुट्टा छुट्टै घर दिइएको छ ।

सीएनएनका अनुसार खासोग्गीका दुई छोरा र दुई छोरीले खासोग्गीका हत्याका कथित आरोपी बाट ‘ब्लड मनी’ नेगोसियसन स्वरुप ७० मिलियन डलर पाउने सम्भावना रहेको बताएको छ ।

गत अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी दूतावासमा खासोग्गीको हत्या भएको थियो । उनको हत्यामा संलग्न ११ जनाको मृत्युदण्डको माग गरिएको छ ।

यदि उनीहरुले मृत्युदण्ड पाएको खण्डमा साउदीको न्याय प्रणालीले खासोग्गीको परिवारलाई उनको बुवाका हत्यारालाई माफी दिन अनुमती दिन्छ । यसलाई कथित ‘ब्लड मनी’ व्यवस्था भनिन्छ ।

ब्लड मनी सरिया कानून अन्तरगतको कानुनी तन्त्र हो । यसमार्फत् आरोपीले पीडित आफन्तलाई मृत्युदण्डबाट बच्नका लागि पैसा दिने गर्छन् ।