२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकर्माको पक्राउ सम्बन्धनमा अध्ययन गर्न मिसन टोली



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टले विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको जानकारी गराउनुभयो ।

उहाँका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मीसमेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्नेछ । पत्रकार विश्वकर्मालाई यही चैत ७ गते पक्राउ गरिएको थियो ।