२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलन अवधिभर साना-साना नेगेटिभ कुराहरु नलेखौं, राम्रा कुरा मात्रै लेखौं- व्यवसायी



अ+ अ-

काठमाडौँ । आगामी शुक्रबार र शनिबार काठमाडौँमा हुने लगानी सम्मेलनका बारेमा सकरात्मक कुरा लेख्न उद्योगी व्यवसायीहरुले मिडियाहरुलाई आग्रह गरेका छन् । विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भइरहेको भन्दै यो बेला नकारात्मक समाचार लेख्दा विदेशी लगानीकर्ताहरुको मनोवल घट्न सक्ने बताए

सम्मेलनका विषयमा जानकारी दिन बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलन अवधिभर नकरात्मक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेका हुन् ।

‘मिडियाहरुले पनि यो दुई–चार दिन साना साना नेगेटिभ कुराहरु प्रचार प्रसार नगरौं, विदेशीहरुले बडो चाखपूर्वक पढ्छन्, यतिबेला कम्तिमा राम्रा कुरा मात्रै लेखौं’, अध्यक्ष शर्माले भने, ‘लामो समयपछि यति ठूलो संख्यामा विदेशी लगानीकर्ता आउनु सुखद पक्ष हो, यसलाई हामीले सकरात्मक ढंगबाट हेर्नु पर्यो ।’

विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भइरहेको भन्दै उनले यो बेला सकारात्मक कुरा प्रवाह गर्न सके मुलुककै लागि फाइदा पुग्ने भन्दै त्यसतर्फ सोचिदिन सञ्चार माध्यमहरुसँग आग्रह गरे ।