२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठकविरुद्ध ७८ लाख बिगो माग दावीसहित भ्रष्टाचारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दायर गरिएको छ । पाठकविरुद्ध ७८ लाखको बिगो माग दावीसहित मुद्दा दायर गरिएको हो ।

यस मुद्दामा पाठकसँगै नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपानेलाई पनि विपक्षी बनाईएको छ । पाठकसँग अनुसन्धान अधिकृतले यसअघि झन्डै ६ घण्टा बयान लिएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले कलेजका अध्यक्ष न्यौपानेले ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेसँगै आयोगको बैठकले मंगलबार मुद्दा दायर गर्ने निर्णय गरेको हो।

आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।

पाठकलाई अकुत सम्पत्तिमा पनि मुद्दा चलाइने तयारी भइरहेकाले उनी तथा परिवारको सम्पत्ति विवरण खोज्ने काम पनि भइरहेको छ। अख्तियारका सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली पाठकको हरेक क्रियाकलापको निगरानी गर्दै अनुसन्धानमा तल्लीन छ।

पाठकले घुस लिएको सार्वजनिक भएपछि फागुन ३ गते राजीनामा दिएका थिए।