२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि तीन दिन वर्षा र हिमपात !



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ।

सोमबार र मंगलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ। बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महशुस हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए। (रासस)