२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारीको काजकिरिया ७ दिनमा सकिने



अ+ अ-

पोखरा । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ ।

पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए ।

पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ ।

अधिकारीको रामघाटमा अन्त्यष्टि गर्नुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाइने छ । यता नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने पार्टीको झण्डा ओढाउनेछन् ।