२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वुमन्स टी–२० एसिया छनोट : यूएईमाथि नेपालको शानदार जित



अ+ अ-

काठमाडौँ । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ ।

यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् ।

काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाएको थियो ।यूएईलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले समान २–२ विकेट लिइन् ।