२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा



अ+ अ-

कास्की । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ ।

सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गरे । कृषि क्षेत्रको व्यावसायिकतामा विकास गरी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न मन्त्रालयले कृषि, पशुपक्षी तथा मत्स्यपालन र सहकारी तथा गरीबी निवारणसम्बन्धी कार्यक्रमलाई बैंकले प्राथमिकता दिने समझदारी भएको छ ।

कृषक, कृषि व्यवसायी र सहकारी संस्थालाई मन्त्रालयले प्रदान गर्ने अनुदानको रकम बैंकले खातामार्फत प्रदान गर्ने र शाखा नभएको ठाउँमा अन्य बैंकसँगको सहकार्यमा शून्य मौज्दातमा खाता खोल्ने सम्झौतामा उल्लेख छ । त्यस्तै बैंकले शैक्षिक प्रमाणपत्रका आधारमा नियमानुसार कर्जा प्रवाह, परियोजना धितो स्वीकार, गण्डकी प्रदेशभरको जग्गाजमीन र व्यवसाय धितो स्वीकार गरी सर्वसुलभ ब्याजदरमा लगानी गर्ने उल्लेख छ ।

मन्त्रालयका सचिव श्रेष्ठले सम्झौताबाट मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रमलाई बैंकले प्राथमिकता दिएर कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने बताए । बैंकका निर्देशक सापकोटाले बैंकले यसअघि सहुलियत कर्जामा विनाधितो लगानी नगरेको र यसपछि पाँच प्रतिशत ब्याजदरमा लगानी गरिने बताए