२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न म्युनिखसँग लिभरपुल बराबरीमा रोकियो



अ+ अ-

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिखसँग लिभरपुल गोलरहित बराबरीमा रोकिएको छ ।

मंगलबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा बराबरी खेलेका हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा तुलनात्मक रूपमा बलियो देखिएको लिभरपुलले राम्रा मौका गुमाएको थियो ।

साडियो माने ३४औं मिनेटमा पोस्ट नजिक चुकेका थिए । मोहमद सालाहले पनि अर्को उत्कृष्ट अवसर गुमाएका थिए । दोस्रो हाफमा केही शसक्त देखिएको बायर्नले घरेलु टोलीलाई दबाब दिएपनि गोल गर्न सकेन ।

खेलमा लिभरपुलले ४९ प्रतिशत बल नियन्त्रणमा लियो । बार्यनले ५१ प्रतिशत बल नियन्त्रणमा राखेको थियो । लिभरपुलले १५ वटा पोस्ट प्रहार गरेको थियो । बायर्नले ९ वटा पोस्ट प्रहार गरेको थियो ।

अब दुई टोलीबीचको दोस्रो लेग बायर्नको मैदानमा आगामी मार्च १३ तारिख हुनेछ ।




भर्खरै