२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरले पनि छोडेन सुन्तला



अ+ अ-

पोखरा । सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ ।

कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अभैm पनि सुन्तला उत्पादन राम्रो गरेका छन् । उत्पादन भएका सुन्तला पहेँलपुर भई टिप्ने बेलामा यतिखेर बाँदर कुरेर बस्नुपर्ने उनीहरूको दैनिकी जस्तै बनेको छ । पोखरा–२१ फेदीपाटन खर्कडाँडाका नारायण पौडेलका अनुसार किसानलाई बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ । “विगतमा बाँदरले सुन्तला खाएको कम नै देखिन्थ्यो,” विगतको अनुभव सुनाउँदै ७२ वर्षीय पौडेलले भन्नुभयो, “अहिले भने जङ्गलबाट हुलका हुल बाँदर बगँैचामा पसेर सुन्तला सखाप पार्न थालेका छन् ।”

असोज महीनादेखि बाँदरबाट सुन्तला जोगाउन श्रीमती नर्मदा र एउटा कुकुरसहित बगैँचामा धरालो बस्दै आएको बताउँदै उहाँले धपाए पनि नटेर्ने बाँदरको प्रवृत्तिले आफूहरू ठूलो मारमा परिरहेको दुखेसो सुनाउनुभयो । बाँदर साँझपख बास बसेपछि बस्तीमा नआउने गरेको विगतको स्मरण गर्दै कृषक पौडेलले थप्नुभयो, “अहिले त दिन न रात, जुनसुकै बेलामा पनि आउँछन् ।” बेलुका साँझ परेपछि बाँदर वनमा बास बसे भनेर कुकुरसहित घरमा आएपछि यही पुस महीनाको ११ गते बाँदरको एक हुलले मिनेट भरमा दुई वटा बोटको सुन्तला रित्तै बनाएको उहाँले रासससँंग पीडा सुनाउनुभयो ।

विगत २२ वर्षअघि सारेका सुन्तलाका बोटले पाँच वर्षदेखि लगातार उत्पादन दिन थालेको बताउँदै उहाँले राज्यले बजारीकरण, भण्डारणका साथै बाँदर नियन्त्रणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । तीन मुरी धान उत्पादन हुने दुई रोपनी क्षेत्रफलमा लगाएका २०० बिरुवामध्ये लगभग १५० बोटले फल दिन शुरु गरेको बताउँदै उहाँले यस वर्ष बोटबाटै ठेकेदारलाई तीन लाख २० हजार रुपैयाँमा सुन्तला बिक्री गरेको बताउनुभयो ।

जङ्गलको बीच भागमा रहेको सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएको बताउँदै श्रीमती नर्मदाले बाँदरले अटेरी गर्ने, कतिपय अवस्थामा घरभित्रै पसेर मकैलगायत अन्नबाली खाने गरेको बताउनुभयो ।

उत्पादन बढाउने लक्ष्यका साथ पौडेल दम्पतीले गोठमा रहेको गाई र भैँसीको पिसाब सङ्कलन गरी प्रत्येक वर्ष एउटा सुन्तलाको बोटको फेदमा झण्डै आठ पाथी गहुँत राख्ने गर्नुभएको छ । बगैँचामा सुन्तलाको एउटा बोट मरेपछि त्यहाँ दुई वटा बिरुवा थप्दै आएको बताउने उहाँहरूले सुन्तलामा सुनौलो भविष्य देखेको उल्लेख गर्नुभयोे । पोखरा महानगरपालिका–२१ फेदीपाटनस्थित उक्त स्थानमा सात कृषकले लभगभ ६० रोपनी भिरालो पाखो जग्गामा लगाएको सुन्तला बिक्रीबाट यस वर्ष मात्र रु २० लाखभन्दा बढी आम्दानी गरेका छन् । रासस




भर्खरै