२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

निकुञ्जको बाघ चिडियाखाना लगियो



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बुधबार एउटा बाघ सदर चिडियाखाना ललितपुर लगिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत भरतपुर महानगरपालिका–२५ बयरघारीबाट उक्त बाघ नियन्त्रणमा लिइएको थियो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार उक्त बाघले स्थानीयवासीका घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेकोले निकुञ्जका प्राविधिक, कर्मचारी र सुरक्षाकर्मीको दुई दिनको प्रयासपछि नियन्त्रणमा लिइएको थियो

स्थानीय व्यक्तिको बकाइनाको जङ्गलमा बाघ चार दिनदेखि बस्दै आएको अन्दाजी दुई वर्ष छ महीनाको सो बाघ माउबाट छुटेपछि क्षेत्र विस्तार गर्ने क्रममा त्यहाँ पुगेको अनुमान गरिएको छ । अन्यत्र लगेर छाड्दा समेत समस्या हुनसक्ने देखिएपछि चिडियाखाना लगिएको हो । डार्ट गरेर बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको थियो ।