२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक बर्षमै जनताको जीवन सुखी र राष्ट्र समृद्ध बन्ने छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान सफल बनाउने उल्लेख गरेका छन् । उनले उक्त अभियानलाइ सबै नेपालीले सफल पार्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा नेपाली जनतालाइ शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको संघारमा नपुग्दै आफ्नो अभियानलाइ सार्थक बनाउने बताएका छन् । उनले भने, जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा यो बर्ष नभएपनि अर्के बर्षमा पुग्ने छ ।

‘निर्वाचनमार्फत् प्रकट जनचाहना र हाल जनताबाट आएको गुनासोलाई शीरमा राख्दै मैले पटकपटक संकल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् । प्रधानमन्त्री ओलीले यो अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ सहयोग रहने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन् २०१८ मा संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको भएको उल्लेख गर्दै यो बर्ष राजनीतिक उपलब्धिको वर्ष भएको बताएका छन् ।