२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ नागरिकहरुलाई न्यानो कपडा वितरण



अ+ अ-

काठमाडौं । लायन्स क्लब अफ लर्ड बुद्धले उदयपुरको शंकरदेब स्कुलमा स्यानीय तामान मगर बस्तीका २ सय ५० घरधुरीका सात सय भन्दा बढी मगर , तामान समुदायका नागरिकहरुलाई न्यानो कपडा हस्तान्तरण गरेको छ ।
स्थानीय जनप्रतिनिधि , नागरिक समाज , शिक्षक शिक्षिका लगायत ५ सय जनाको सहभागितामा गरिएको न्यानो कपडा हस्तान्तरणबाट स्थानीय समुदाय निकै खुशी भएका छन । गरीबीको रेखामुनी रहेका बृद्ध बुद्धा बालबालिका हर्षले भाबबिह्वल भएका थिए ।

सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दे लायन्स क्लब अफ लायन्स क्लब , लियो क्लबले गरेको सहयोगका कारण स्थानीय बासिन्दाले अन्य समस्या पनि समाधान गरिदिन क्लब समक्ष आग्रह गरेका थिए ।

क्लबका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले क्लबले स्वास्थ्य शिविर , रक्तदान , असहाय दीन दुखीलाई आफै आफै रकम संकलन गरेर सहयोग गर्ने गरेकोले अन्य समस्या राज्यका जिम्मेबार निकाय समक्ष पुरयाइदिने प्रतिबद्धता ब्बक्त गर्नुभएको थियो ।

त्यस अघि क्लबले गुल्मीमा बृहत स्वास्थ्य शिबिर संचालन गरी २ हजार २ सय लाई उपचार गरेको थियो भने दोलखामा संचालन भएको स्वास्थ्य शिविरबाट ५ सय जनाले उपचार पाएका थिए । स्वास्थ्य शिविरका लागि गंगालाल , भरोष अस्पताल , सशस्त्र प्रहरी बल लगायतले चिकित्सक उपलब्ध गराएर सहयोग गरेको अध्यक्ष भण्डारीले जानकारी गराउनुभएको छ ।

लायन्सक्लबहरुमा राम्रो काम गर्ने लायन्स क्लब लर्डबुद्धलाई तनहुमा केही समय अगाडि भएको क्याबिनेट बैठकले सम्मान समेत गरेको थियो । समाचार नेपाल समाचारपत्रमा छ ।