२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस पुरानै तरिकाले अगाडि बढ्न सक्दैन : नेता जोशी



अ+ अ-

मौली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी पुरानै तरिकाबाट अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस तनहुँले आज आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य जोशीले पार्टीलाई विधान अनुसार सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले पार्टीभित्रको बेमेल व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

पूर्वकेन्द्रीय सदस्य अमरराज कैनीले पार्टीलाई एकढिक्का बनाउने हो भने मेलमिलाप आवश्यक छ भन्नुभयो । पूर्वजिल्ला सभापति धु्रव वाग्लेले आफ्ना प्रतिबद्धता पूरा नगरेकै कारण पार्टी आज कमजोर अवस्थामा पुगेको बताउनुभयो । राष्ट्रियसभा सदस्य प्रकाश पन्थी, प्रदेशसभा सदस्य सरिता गुरुङ, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, पूर्वजिल्ला सभापति रघुनाथ पौडेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोख्रेललगायतले पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । रासस