२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशी क्रिकेट कप्तान मोर्तजा बने सांसद



अ+ अ-


काठमाडौं । बंगलादेशी राष्ट्रिय क्रिकेट टिमका कप्तान मसरफ बिन मोर्तजा सांसद बनेका छन् । आइतबार बंगलादेशमा सम्पन भएको आम निर्वाचनमा उनी शेख हसिनाको अवामी लिग दलबाट सांसदमा बिजयी भएका हुन् ।

क्रिकेटर मोर्तजाले आफ्नो प्रतिस्पर्धीभन्दा २ लाख ६६ हजार बढी मत प्राप्त गरेर सांसद चुनिएको बंगलादेशका संचार माध्यमहरुले जनाएको छ । उनले निर्वाचनमा कुल २ लाख ७४ हजार ४ सय १८ मतका साथ बिजयी भएका थिए ।

२०१९ को क्रिकेट विश्वकपपछि सन्यास घोषण गरेका पछिल्लो समय चोटका कारण मैदान बाहिर रहेका थिए । मोर्तजाले चुनावअघि क्रिकेट विकासका लागि काम गर्नुका साथै राजनीतिमा ध्यान दिने बताएका थिए ।

उनले करियरमा ३६ टेस्ट खेलेका थिउ भने उनले अन्तिम टेस्ट २००९ मा खेलेका हुन् ।