३ असार २०८३, बुधबार
,
Latest
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाले भने, केपी अाेलीकाे शक्तिशाली सरकार अहिले बरालिएकाे छ



अ+ अ-

वालिङः  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभएको छ ।

चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आज स्याङ्जाको चापाकोटमा समापन गर्दै नेता थापाले इतिहासकै बलियो सरकारका रुपमा रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गर्नुभयो ।

“बलियो सरकारले गरेका सम्पूर्ण कार्य पूरा हुनुपर्छ”, नेता थापाले भन्नुभयो, “कमजोर सरकार बरालियो भने सम्हाल्न सकिने तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ ।”

“सरकार बलियो भएका बेला जस्तोसुकै पनि कार्य गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन”, नेता थापाले भन्नुभयो, “इतिहासकै बलियो सरकार हुँदाहुँदै पनि सरकारले पाएको मौकाको सही सदुपयोग गर्न सकेन यो दुर्भाग्य हो ।” उहाँले नेपाली काङ्ग्रेस प्रतिपक्षको भूमिकामा छ तर सरकारले सञ्चालन गरेका कार्यमा कुनै पनि अवरोध नगरेको बताउनुभयो ।

“हामी चाहन्छौँ सरकारले धेरैभन्दा धेरै कार्य गरोस् र सफल होस्”, नेता थापाले भन्नुभयो, “हामी चार वर्ष सरकारलाई प्रमुख प्रतिपक्षीको हैसियतले सहयोग गर्छौं तर सरकारले राम्रो काम गर्न सकेन र जनता सरकारको काम कार्यबाट विरक्त भएका छन् ।”

सजिलैसँग पाएको कुराको महत्व कम हुने बताउँदै नेता थापाले संविधान र गणतन्त्र सजिलैसँग प्राप्त नभएको र यसलाई जोगाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ । गत मङ्सिर २८ गतेदेखि शुरु भएको प्रथम चापाकोट महोत्सव आज सकिएको हो ।