३ असार २०८३, बुधबार
,
Latest
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै झलनाथले मागे प्रचण्ड र माधवको राजीनामा-पत्रसहित कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाविरुद्ध सर्वोच्चमा परेको मुद्दा खारेज



अ+ अ-

काठमाडाैंः  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दा  खारेज भएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलाशले देउवा विरुद्धको रिट शुक्रबार खारेज गरेको हो । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेसले अदालतको अवहेलना गरेको भन्दै देउवा विरुद्ध रिट परेको थियो ।

महानिरीक्षक नियुक्तिबारे सर्वोच्चले गरेको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको निर्णय कांग्रेस केन्द्रीय समितिले गर्दा अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले २०७३ साल चैत १५ गते कांग्रेस र देउवा विरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तत्कालीन डीआइजी जयबहादुर चन्दलाई आईजीपी बनाउने सरकारको निर्णयविरुद्ध तत्कालीन प्रधानन्यायाधीश सुशीलका कार्कीको इजलासले बदर गरेपछि कांग्रेसले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको निर्णय गरेको थियो ।