३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुर झडपमा परी वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेसहित उन्नाइसको मृत्यु



अ+ अ-

धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । 

आज दिउँसो भएको झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीतर्फ ११ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीतर्फ र प्रदर्शनकारीतर्फ मृत्यु हुनेको नाम खुल्न सकेको छैन । रासस