३ असार २०८३, बुधबार
,
Latest
१०औं राष्ट्रिय महिला बास्केटबल : बुढानिलकण्ठ समूह चरणमा अपराजित विश्व हिन्दू महासंघ नेपालमा नयाँ कार्यसमिति विस्तार, अरुणकुमार पाण्डेद्वारा पदभार ग्रहण बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै राष्ट्रिय सेवा दल तालिम शुभारम्भ गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पले चर्केको जमिन पहिरोे जाँदा गाउँ नै जोखिममा



अ+ अ-

काठमाडौँ,भदौ ७ । रसुवा जिल्लाको धैबुङ–७ मा भूकम्पले चर्केको जमिन आइतबार साँझ अविरल वर्षाका कारण पहिरो जाँदा पूरै गाउँ नै जोखिममा परेको छ । 

निरन्तर वर्षाले घुम्ती बजारको माथिको ढिस्को र ठूलो ढुङ्गा खस्न गई ठूलो पहिरोका रुपमा परिणत भएको छ । ढुङ्गाले बिजुलीको पोल पनि भाँचेको छ । पहिरोका कारण मानवीय क्षति केही नभए पनि निरन्तर रुपमा पहिरो गइरहेकाले तलको करिब १०० घर गाउँ उच्च जोखिममा पर्नुका साथै पासाङ ल्हामु राजमार्गसमेत अवरुद्ध भएको छ ।
भूकम्पले जमिन फाटेको स्थानमा निरन्तर पानी छिर्दा पहिरोको जोखिम बढिरहेको स्थानीय कृष्ण लामिछानेले बताउनुभयो । पहिरोले गर्दा पानीको मुहानसमेत सुकेकाले खानेपानीको समेत समस्या भएको छ ।
जनैपूर्णिमाको अवसर पारेर गोसाइँकुण्ड जाने भक्तजनका लागि पनि पहिरोले बाटो बन्द भएकाले गाडी जान नपाउने भएकाले असुविधा भएको गोसाइँकुण्ड मेलामा जाने भक्तजनले बताए । पहिरो निरन्तर बगिरहेकाले स्थानीय बासिन्दा घरमा बस्न नसक्ने भएका छन्, भने पहिरोले जोखिमरुप लिएको छ । गाउँलेले अब सुरक्षित स्थान खोज्नुपर्ने बाध्यता भएको छ । रासस