७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारको आन्दोलनः बुधबारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने (भिडियो रिपोर्ट)



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आजपनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । 

मंगलवार एसोसिएसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा बिरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनु भयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हाम्रो ठहर के हो भने न्यायपालिका भित्र विसंगति, विकृति र भ्रष्टाचार छ, त्यसको संरक्षण प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले गर्नुभएको छ, त्यस कारण उहाँको राजीनामाबाट मात्रै सुधारका कदमहरु अघि बढुन सक्छन्, त्यसैले उहाँको राजीनामा नआएसम्म हाम्रो आन्दोलन जारी रहन्छ, भोलिबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन हुनेछ, त्यसका लागि हामी बैठक बसिरहेका छौँ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधी जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको बताउनु भयो । उहाँले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताउनु भयो ।




भर्खरै