७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउँछ- ऊर्जामन्त्री भुसाल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको छ । 

सोमबार ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले साँस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको हो । उहाँले यही वर्षमा ललितपुरको खोकनामा रुद्रायणीको मन्दिर निर्माण गर्ने बताउनुभयो । मन्त्री भुसालले साँस्कृतिक सम्पदाहरुको पुनःनिर्माणको लागि स्थानीय, प्रदेश र संघीय सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘भूगोल र जनता मात्रै देश हुँदैन, आफ्नो पहिचान भएको हुन्छ । पहिचान भनेको संस्कृति हो, ललितपुर कला, संस्कृति, सम्पदाले अत्यन्तै भरिपूर्ण छ, गत भूकम्पले हाम्रा धेरै सम्पदाहरु ध्वस्त भएका थिए, यसको पुनर्निर्माणको प्रक्रियामा धेरै हामीले मंगलबजार दरवार स्क्वाएरमा भीमसेन, कृष्णमन्दिर लगायतका धेरै पुनः संरचना भए, बुङमति, रातो मच्छिन्द्रनाथको पुनः निर्माण हुँदैछ, यही वर्ष नै खोकनामा रुद्रायणीको पुनर्निर्माण हुँदैछ, यसले हाम्रो आफ्नो संस्कृति सम्पदालाई भावि सन्ततीलाई हस्तान्तरण गर्ने प्रक्रिया पनि हो, यो पुनर्निर्माण हुने प्रक्रियाले सयौँ, सयौँ वर्षसम्म रहनेछ, यसको झन्डै ४ करोड रुपैयाँ बजेट लागत छ, भक्तालु, श्रद्धालु र सम्पदा प्रेमीहरुको सम्पन्न हुनेछ, यो ललितपुरवासी र नेपालीहरुको लागि नै गर्वको विषय हो, प्रदेश र संघीय सरकारबाट पनि सहयोग गर्नेछौँ ।’

मन्त्री भुसालले कला, संस्कृति राष्ट्रको पहिचान मात्रै नभएर पर्यटकीय स्थल बन्ने विश्वास व्यक्त गर्नुभयो । 




भर्खरै