७ असार २०८३, आईतवार
,
Latest
फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार भएनः नेता रायमाझी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या गर्न सरकार जिम्मेवार नभएको आरोप लगाउनुभएको छ ।

नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरुलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पार्नु भयो । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश जबराले गल्ती गर्नु भएको छैन भनेर भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशहरुले पनि लिनुपर्ने तर्कं गर्नु भयो । 

उहाँले भन्नु भयो, ‘जे गलत निर्णयहरु न्यायालयबाट भयो । त्यसमा सबै न्यायमूर्तिहरुको सहमती थियो नि । जसजसले सो गल्ती निर्णय गरेका थिए, ती सबैले कारबाही भोग्नु प¥यो नि । सरकारले महाअभियोग लगाउने हो भने लगाउनु प¥यो । सरकारको जिम्मेवारी हो नि । दोष एउटा व्यक्तिमाथि थोपर्ने अनि पन्छिन मिल्दैन । निश्चय नै प्रधानन्यायाधीशले गल्ती गर्नु भएको भन्दिन म । अदालतको अनुसन्धानबाट तथ्य आउला । तर सरसर्ती हेर्दा अन्य न्यायाधीशहरुले पनि जिम्मेवारी लिनुपर्ने हुन्छ ।’

नेता रायमाझीले एमसीसी संसदबाट पारित गर्ने÷नगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहो¥याउनु भयो । उहाँले सरकारले विकास र समृद्धिको बारेमा चासो समेत नदिएको भन्दै आपत्ति जनाउनु भयो । 




भर्खरै