विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पूजाका लागि सडकमा घस्रेर दण्डप्रणाम यात्रा सुरु गरेका छन् । छठ पर्वको निराहार ब्रत बसेका पराजुलीले १८ औं पटक दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।
मेयर पराजुलीले छठ पूजाका लागि विराटनगर–३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलास्थित पूजास्थलसम्म दण्ड प्रणाम गर्दै यात्रा तय गर्दै आएका छन् ।
उनीसँगै उनका भतिज प्रमेशले पनि दण्डप्रणाम यात्रा सुरु गरेका छन् ।पराजुलीले बुधबार साइत हेराएर १०ः३० बजेबाट मन्दिरबाट सिंघिया घाटसम्मका लागि दण्डप्रणाम यात्रा सुरु गरेका हुन् ।
करिब तीन किलोमिटर दुरी रहेको सो स्थान पार गर्न चार घण्टा लाग्ने बताइएको छ ।












