७ असार २०८३, आईतवार
,
Latest
राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार अध्यक्षको कोठामा ताला लगउने स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरुको चेतावनी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीमा आबद्ध वकिलहरूले बार अध्यक्षको चेम्बरमा ताला लगाउने भएका छन् । प्रदर्शन गरिरहेका सेतोपट्टीधारी वकिलहरूले बार अध्यक्षको चेम्बरमा ताला लगाउने बताएका हुन् ।

प्रदर्शनमा सामेल भएका अधिवक्ता स्वागत नेपालले बारले गरिरहेको आन्दोलन अपूर्ण भएको बताउँदैभोलिदेखि बारको अध्यक्षको कोठामा ताला लाग्ने समेत बताएका हुन् ।  अधिवक्ता नेपालले न्यायालयमाथिको राजनीतिक हस्तक्षेपको विरोधमा आफसुहरुको संघर्ष जारी रहने पनि बताए । 

स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरु यतिबेला इजलास बहिष्कार गरेका न्यायाधीशलाई मुद्दाको सुनुवाइमा फर्कन दबाब दिँदै सडक प्रदर्शन गरिरहेका छन् । उनीहरुले भोलि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको चेम्बरमा तालाबन्दी गर्ने भनेका छन् ।