७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा पाला बनाउने कुमालेहरुलाई भ्याईनभ्याई (भिडियो रिपोर्ट)



अ+ अ-

भक्तपुर । तिहार लागेसँगै भक्तपुरमा माटोका पाला बनाउन कुमालेहरुलाई भ्याइनभ्याई भएको छ । दीपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका प्रजापति समुदाय तथा माटाका भाडा बनाउने क्षेत्रका बासिन्दा काममा व्यस्त भएका हुन् । 

उहाँहरुले मागअनुसार पाला बनाउन भने नसकेको बताउनुभयो । अन्य समयमा दैनिक दुई दर्जन पनि बिक्री नहुने पाला तिहारको समयमा एकै कुमालेले एक लाख भन्दा बढी बिक्री गर्ने गरेको व्यवसायीहरुले बताउनु भएको छ । गत वर्ष कोरोनाका कारण बिक्री नभए पनि यसवर्ष मागअनुसारको परिपूर्ति गर्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीहरुका अनुसार माटो अभावका कारण पाला बनाउन समस्या भएको छ । जताजतै प्लानीङ र सहरी विकासका कारण पालालगायतका माटाका भाँडा बनाउने पेशा संकटमा परेको उहाँहरुको गुनासो छ । पाला मात्र नभएर माटोका भाडा बनाउँदा विशेषगरी माटोको समस्या तथा माटोका भाडाहरु पोल्न स्थानको अभाव समेत हुने गरेको उहाँले बताउनुभयो । उपत्यका तथा बाहिरका बासिन्दाहरुका लागि भक्तपुरमा बनाइएको पाला निकै परिचित छ । यसको मौलिक परिचयका कारण उपत्यकाबाहिर काभ्रे, सिन्धुपाल्चोक, पोखरा, धरानलगायत विभिन्न अन्य जिल्लाबाट समेत भक्तपुरसम्म पाला किन्न आउने गरेका छन् ।

भक्तपुरमा दिपावलीमा पाला मात्र नभएर लाख बत्ती बालिने पालाहरु विभिन्न माटाका भाँडाहरु दही जमाउने कतारोलगायतका विभिन्न भाँडाहरु भक्तपुरमा नै बन्दै आएका छन् । हाल नयाँ व्यवसायका रुपमा विभिन्न हटिया लगाएतका चिया पसल एवं दहीको लागि ग्राहकले दिएको साइज र डिजाइनमा पनि प्रजापतिहरुले माटोका भाँडा बनाउँदै आएका छन् ।