७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा मिर्गौला पिडितलाई उपचारमा समस्या (भिडियो रिपोर्ट)



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौं नै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन,भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन् ।

अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधी पनि नपाइदा बिरामीहरू चर्कोमूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन् । प्रदेशका एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन् । ६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ । झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागी सामान्य औषधी समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ । अस्पताल सँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनी हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन् । एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउनुहुन्छ । सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किट्नी फेल हुने क्रम बढ्ेकोे विभिन्न अध्ययनहरुले देखाएका छन् । सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालमै ज्यान जाने होकि चिन्तामा उनीहरू छन् ।