७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छः गण्डकीका मुख्यमन्त्री



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । 

मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यता विपरित गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन् हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गर्नु भयो । नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रक्रियामा गईसकेको मिडियासम्बन्धि विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढन आफूहरु तयार रहेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले भन्नु भयो, ‘पत्रकार जगत पनि, नागरिक समाज हाम्रा लागि लोकतन्त्रको अपरिहार्य अंग भएकाले पूर्ण स्वतन्त्रता लोकतन्त्रमा हुनुपर्छ  भनेर हाम्रो संविधानले स्विकारी सकेको अवस्था छ । 

यस अवस्थामा यहाँहरुले जुन आशंका उठाउनु भएको छ, त्यो स्वभाविक हो । यहाँ सरकार परिवर्तन भयो । त्यो विधेयक फिर्ता लिएको भएपनि हुन्थ्यो भन्ने तर्क आउँछ । त्यो विधेयक प्रक्रिया गईसकेको हुनाले त्यो विधान समितितिर गएको छ । र मैले अघि नै भनिसके–जुन सरकार तपाईँहरुको कलमको सहयोगले स्थापित भएको छ । त्यो सरकारले संविधानको मूल्य र मान्यता विपरित गएर पूर्ण स्वतन्त्रताको भावना विपरित कुनै पनि विधेयक बनाउँदैन । ढुक्क भएर बस्नुहोला । र हामीले भनेका छौं–तपाईहरुकै बीचमा बसेर मिडिया सम्बन्धि विधेयक परिमार्जन गर्नेछौं । गण्डकी प्रदेश सरकार यो प्रतिवद्धता व्यक्त गर्दछ ।’

मुख्यमन्त्री पोखरेलले पत्रकारहरुकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कानुन नबनाउने बताउनु भयो । उहाँले हाम्रो संविधानले प्रेस स्वतन्त्रतालाई स्विकार गरिसकेको हुनाले त्यस विपरित कुनै पनि खालको काम गर्न नमिल्ने समेत स्पष्ट पार्नु भयो ।