७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छिटोभन्दा छिटो गौतम बुद्ध विमानस्थलको उद्घाटन हुनेछ र सञ्चालनमा आउनेछ’



अ+ अ-

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउनको लागि निर्देशन दिनुभएको हो । उहाँले सो विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गराउनका लागि निर्देशन दिदैँ उहाँले त्यसका निम्ति सरकारले के गर्नुपर्छ सरकार गर्न तयार रहेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो – ‘यो एयरपोर्ट अविलम्बै चालु होस् । त्यसका लागि नेपाल सरकारले गम्भिरतापूर्वक आफ्ना कदमहरु अगाडी बढाउने छ । यो एयरपोर्टको माध्यमबाट हामी अन्तर्राष्ट्रिय उडान भर्न चाहान्छौँ । त्यसका लागि अविलम्ब छिटोभन्दा छिटो यसको उद्घाटन हुनेछ र एयरपोर्ट चल्नेछ । र दोस्रो फेजको जुन हाम्रो मास्टरप्लान छ, यसको क्षमता अभिवृद्धिको लागि त्यो पनि प्रारम्भ हुनेछ । त्यसका बारेमा विभिन्न चर्चा, परिचर्चा चलिराख्या छन् । तथापी नेपाल सरकार, सम्बन्धित मन्त्रालय, यसको मास्टरप्लान अनुसार नै यसलाई अझै फराकीलो, धेरै यात्रुहरु सहजतापूर्वक आउन जान सक्ने खालको बनाउने हाम्रो प्रतिवद्धता छ । त्यो हामीले अगाडी बढाउने छौँ । 

यसका लागि यो निर्माणसँग सम्बन्धीत रहेका या हवाई विभागसँग सम्बन्धित रहेका कर्मचारीहरुलाई प्राविधिकहरुलाई निर्देशन दिन चाहान्छु नेपाल सरकारको तर्फबाट अबिलम्ब यसलाई सम्पन्न गरेर, अविलम्ब यसलाई उद्घाटन गर्ने अवस्थामा पु¥याइयोस् । त्यसका लागि नेपाल सरकारले, मन्त्रीपरिषद्ले, सम्बन्धित मन्त्रालयले के सहयोग गर्नुपर्छ, के निर्णय गर्नुपर्छ, त्यसको लागि हामी तयार छौँ भन्नेपनि नेपाल सरकारको तर्फबाट हार्दिक आग्रह गर्न चाहान्छु ।’

कार्यवाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पु¥याउन र आफ्नो जिवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गर्नुभयो । उहाँले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘उहाँको योगदान, त्याग बलिदान, समर्पण, सामजस्यता, र समन्वय जो मानविय सभ्यताको लागि महत्वपूर्ण कार्य छन् । ति सबै नेपालीहरुका लागि अनुशरणिय, अनुपम, उल्लेखनीय विषयवस्तु हुन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी हो । 

गौतम बुद्धको जन्म नेपालमा भएको हो यो कुरा अहिले संसारभरी स्थापित भएको छ । बुद्धको उपदेशहरुलाई कसरी हामीले संसारभरी पु¥याउने, बुद्धका उपदेशहरुलाई कसरी हामीले आफ्नो जीवनमा अनुशरण गर्ने ?, त्यसका लागि हामी सबै संवेदनशील बन्नुपर्दछ भन्ने पनि म आग्रह गर्न चाहान्छु । उहाँको योगदान, त्याग बलिदान, समर्पण, सामजस्यता, र समन्वय जो मानविय सभ्यताको लागि महत्वपूर्ण कार्य छन् । ति सबै नेपालीहरुका लागि अनुशरणिय, अनुपम, उल्लेखनीय विषयवस्तु हुन् । 

गौतमबुद्धको जन्मस्थल लुम्बिनी हो । गौतम बुद्धको जन्म नेपालमा भएको हो यो कुरा अहिले संसारभरी स्थापित भएको छ । बुद्धको उपदेशहरुलाई कसरी हामीले संसारभरी पु¥याउने, बुद्धका उपदेशहरुलाई कसरी हामीले आफ्नो जीवनमा अनुशरण गर्ने ?, त्यसका लागि हामी सबै संवेदनशील बन्नुपर्दछ भन्ने पनि म आग्रह गर्न चाहान्छु ।’

उहाँले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि बताउनुभयो ।