२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा कोलकताको विजयी सुरुवात, चेन्नईको हार



अ+ अ-

एजेन्सी । १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विजयी भएको छ ।

शनिबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा केकेआरले चेन्नई सुपर किंग्स (सीएसके) लाई ६ विकेटले पराजित गरेको हो । १३१ रनको लक्ष्य केकेआरले १९ औं ओभरमा पाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले महेन्द्र सिंह धोनीको अविजित ५० रनको सहयोगमा २० ओभरमा पाँच विकेट गुमाएर १३१ रन बनाएको थियो ।

जवाफमा कोलकाताले १८.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पछ्यायो । केकेआरका लागि अजिंक्य रहाणेले ४४ रन बनाए । खेलमा दुई विकेट लिएका उमेश यादव प्लेयर अफ द म्याच भए ।

पहिले ब्याटिङ गरेको चेन्नईको सुरुवात राम्रो हुन सकेन । ऋतुराज गायकवाड शून्य, डेभोन कोनवे तीन रनमा, रोबिन उथप्पा २८ रनमा, अम्बाती रायडु १५ रनमा र शिवम दुबे तीन रनमा आउट भए ।

चेन्नईले ६१ रनमा पाँच विकेट गुमाएको थियो । यसपछि धोनी र रविन्द्र जडेजाले ५६ बलमा ७० रनको अविजित साझेदारी गरे ।

१३२ रनको लक्ष्य पछ्याउँदै कोलकाताको टोलीलाई अजिंक्य रहाणे र भेङ्कटेश अय्यरले राम्रो सुरुवात दिलाए । यी दुईबीच पहिलो विकेटका लागि ४३ रनको साझेदारी भयो। ड्वेन ब्राभोले भेंकटेशलाई पभिलियन पठाए । यसपछि नितिश रानाले केही उत्कृष्ट प्रहार गरे तर ब्राभोले उनलाई पनि पभिलियन पठाए ।

बिलिङ्स २२ बलमा २५ रन बनाएर आउट भए । यसपछि कप्तान श्रेयस अय्यर र शेल्डन ज्याक्सनले मिलेर कोलकातालाई जित दिलाए । श्रेयसले १९ बलमा २० रनमा अविजित रहे भने शेल्डनले तीन रन बनाए । चेन्नईका लागि ब्राभोले ३ विकेट लिए । योसँगै मिचेल सान्टनरले एक विकेट लिए ।

योसँगै ब्राभोले आईपीएलमा सर्वाधिक विकेट लिने लसिथ मालिंगाको कीर्तिमान बराबरी गरेका छन् । दुवैको नाममा हाल १७०–१७० विकेट छन् । दोस्रो नम्बरमा अमित मिश्रा छन् । उनले आईपीएल करियरमा १६६ विकेट लिएका छन् ।

आजका खेलहरु

दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इन्डियन्स – ३ः४५ बजे
पञ्जाब किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर – ७ः४५ बजे




भर्खरै