१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा एमाले संसदीय दलको आकस्मिक बैठक बस्दै, पाँच सांसदलाई कारवाही गर्ने तयारी



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशमा एमालेको संसदीय दलको आकस्मिक बैठक बस्दैछ ।  कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि बैठक बस्न लागेको हो । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्ने बताइएको छ । 

पार्टीको ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । शुक्रबारको प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।

उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेसँगै महेन्द्रबहादुर शाहीको सरकार सरकारलाई विश्वासको मत प्राप्त भएको छ ।