सुर्खेत । कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गर्दे शाहीको पक्षमा उभिएपछि कर्णाली सरकार जोगिएको हो ।
३९ सदस्य रहेको कर्णाली प्रदेशसभामा शाहीले २२ मत प्राप्त गर्नुभयो भने उहाँको बिपक्षमा १५ मत परेको थियो । कर्णाली प्रदेश सभामा नेकपा एमालेका माधब नेपाल तथा झलनाथ खनाल पक्षमा सासंसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।
१२ सासंद रहेको माओवादी केन्द्रलाई ६ मत नेपाली कांग्रेसले र ४ मत नेकपा एमालेका तर्फ बाट प्राप्त भएको थियो । यसै गरी एक सिट रहेको राप्रपा तटस्थ बसेको थियो ।












