९ असार २०८३, मंगलवार
,
Latest
आज एमाले संसदीय दल र सचिवालय बैठक बस्दै पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनले युक्रेनमा आक्रमण गर्नेमा विश्वस्त



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।

रुस–युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो घटनाक्रमको बारेमा बोल्दै बाइडेनले भने, ‘यस क्षणसम्म, म विश्वस्त छु कि पुटिनले आक्रमणको निर्णय गरेका छन्।’

गत महिनामा भएको ब्रिफिङमा राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनको युक्रेनका विषयमा लिइने निर्णय लगभग सबैको लागि रहस्यमय थियो यति सम्म कि शीर्ष रूसी सल्लाहकारहरू पनि उनको मनसायको बारेमा अन्योलमै भएको सङ्केत मिल्थ्यो।

तर शुक्रबारका टिप्पणीहरूले राष्ट्रपतिको दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन आएको र उनका समकक्षीको योजनाहरूमा अझ बढी निश्चित रहेको सङ्केत मिलेको बताएका छन्।

राष्ट्रपति बाइडेनले पुटिनले आक्रमणको साथ अगाडि बढ्ने संकल्प गरेको लगभग निश्चित भएको बताएका छन् ।

‘रुसी सेनाले आगामी दिनमा युक्रेनमा आक्रमण गर्ने योजना बनाएको छ। हामी विश्वास गर्छौं कि उनीहरूले युक्रेनको राजधानी किभलाई लक्षित गर्नेछन्, बाइडेनले थप टिप्पणी गरे।