९ असार २०८३, मंगलवार
,
Latest
एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट अन्तर्गत फिलिपिन्सको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ । 

अल अमेरात क्रिकेट मैदानमा नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले आज फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यता, क्यानडासँग पराजित भएको फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ । 

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले दुबै समूहबाट सेमिफाइनलमा स्थान बनाउनेछन् । 

सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछ भने फाइनल फेब्रुअरी २४ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । 

फाइनल प्रवेश गर्ने दुबै टोलीले अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि स्थान बनाउनेछन् ।