काठमाडौं । एमसीसीको विरोधमा सडकमा उत्रेका प्रदर्शनकारीहरुले आज पनि विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट संसद् भवन नयाँ बानेश्वरसम्म उनीहरुले नाराबाजी गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) तथा अन्य कम्युनिष्ट पार्टीका भ्रातृ सङ्गठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शन जारी छ ।











