९ असार २०८३, मंगलवार
,
Latest
आज एमाले संसदीय दल र सचिवालय बैठक बस्दै पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैनः वरिष्ठ नेता पौडेल



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान समयमा गठबन्धनविरुद्ध जानु कांग्रेसका लागि हितकर नहुने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्ने बताउनुभयो । 

“कांग्रेसे एक्लै लड्छौँ भनेर मात्र हुँदैन, कम्युनिष्ट एकता कायम गराउन बाध्य पार्नुहुँदैन”, उहाँले भन्नुभयो, “एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।” कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उहाँले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । “समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’’, उहाँले भन्नुभयो । 

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताउनुभयो । भएका गल्ती कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उहाँले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्ने जोड दिनुभयो । 

चुनाव जित्ने नाममा गठबन्धन गर्न आवश्यक नरहेको भन्दै उहाँले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गर्नुभयो । केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र निर्वाचन जित्न सकिने बताउनुभयो । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेलगायतले बोल्नुभएको थियो ।