१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’ गरी छोडियो



file
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई सोमबार दिनभरि ‘होल्ड’ गरी छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सोमबार बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरेको थियो । होल्ड भएका गाडीलाई सोमबार बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

फागु अर्थात होली पर्वलाई व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरिएको हो । बिहानैदेखि उपत्यकाका झण्डै ७० ठाउँमा ट्राफिक चेक पोइन्ट राखिएको थियो । होलीमा कतिपयले उच्छ्रिङ्खल गतिविधि गर्ने, लोला हान्ने, जाँड रक्सी र लागुपदार्थ खाएर गाडी चलाउने भएकाले यसलाई रोक्न सुरक्षा जाँचलाई कडाइ गरिएको र दर्जनौँ कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए ।

होहल्ला नगरी, जाँड रक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गर्दा पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको बताइएको छ । अभद्र तरिकाले होली खेलिएको पाइए तथा कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाई दिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आज आग्रह गरेको थियो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व सोमबार पहाडी जिल्लामा र मंगलबार तराईका जिल्लामा मनाइने गरिन्छ । रासस