काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राखेको कार्यक्रम स्थगित गरेको छ ।
कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित हुने भनिएको थियो । तर सो कार्यक्रम कोरोनाको कहर पछिल्लो समय देशमा बढ्दै गरेको कारण स्थगित गरिएको हो ।
तर, कोरोनाको संक्रमण कम भएका जिल्लाहरुमा भने कार्यक्रम नरोक्न आग्रह गरिएको छ ।













