दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा (माओवादी केन्द्र)का २ मन्त्रीले राजीनामा दिनुभएको छ ।
राजीनामा दिनुहुने मन्त्रीहरुमा माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बन्नुभएका कुल प्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल रहनुभएको छ ।
उहाँहरुले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।
अविश्वास दर्ताको पत्रमा केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा उल्लेख गरिएको थियो ।













