१ असार २०८३, सोमबार
,
Latest
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु सुधन गुरुङलाई गृहमन्त्रीमा पुनर्वहाली गर्ने कुरा आपत्तिजनक छः काँग्रेस सचेतक परियार ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विरोधमा २२ राजनीतिक दलहरुको माइतीघरमा प्रदर्शन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । विभिन्न २२ राजनीतिक दलहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । 

एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिने उद्देश्यले विभिन्न २२ वटा राजनीतिक दलहरुले सोमबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागिहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी परियोजना खारेज गर’ लगायतका नारा लगाएका थिए ।

यस्तै प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका पम्पलेट पनि बोकेका थिए ।