काठमाडौं । नेकपा माओवादी केन्द्रको आज हुने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आजैमात्र बसेको मन्त्रिपरिषद् बैठकको प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने सिफरिसपछि राष्ट्रपतिले अधिवेशन अन्त्य निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो ।
माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको थियो । त्यस्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे पनि बैठकमा छलफल हुने माओवादी नेताहरुले जनाएका थिए ।
नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट हालसम्म पनि समर्थन भने फिर्ता लिन सकेको छैन ।












