१ असार २०८३, सोमबार
,
Latest
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा सर्वोच्चको परमादेश काठमाडौँ महानगरकाे नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुखलाई भने ‘अनैतिक’



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  सर्वदलीय बैठकमा सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गर्दै अनैतिक बताउनुभएको छ । 

आज बालुवाटारमा बसेको बैठकमा ओलीले सभामुखले संसदमा अवरोध गरेको आरोपसहित बैठकमा धारणा राख्नुभएको थियो । 

बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उक्त बैठकमा सभामुखले असहयोग गरेको र उहाँ अराजक र अनैतिक बनेको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभएको जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले  बालुवाटारमा बोलाउनुभएको बैठक सरकारबिरुद्ध मोर्चाबन्दीमा लागेका नेताहरुले भने बहिष्कार गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टी जसपाका नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव बैठकमा सहभागी हुनुभएको थिएन ।  

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,जसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बैठकमा उपस्थित हुनुहुन्थ्यो ।