२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली मनस्थितिका कारण दुर्भाग्य निम्तियो : पोखरेल



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफ्नै पार्टीका नेताहरूको तरंगित र जंगली महत्वाकांक्षाका कारण अहिलेको दुर्भाग्य निम्तिएको बताएका छन्।  

प्रधानमन्त्री ओलीनिकटहरूको राजधानीमा जारी भेलामा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जंगली महत्वाकांक्षा पूर्ति गर्नका लागि जस्तोसुकै कदम चाल्ने दुस्साहसी मनस्थितिका कारण यो अवस्था उत्पन्न भएको बताए। 

पार्टीका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई लक्षित गर्दै उनले आफ्नो जङ्गली महत्वकांक्षा पूरा गर्न र पद प्राप्त गर्न जस्तोजुसकै कर्म गर्न चाहने दुष्साहसी मनस्थितिको कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताए।

उनले पार्टी विभाजनको सम्पूर्ण दोष उनले ‘प्रचण्ड-नेपाल’लाई लगाएका छन्। पार्टीका बैठकहरूमा देश बनाउने कुरा, मुलुक विकासको कुरा र कोभिड-१९ नियन्त्रणबारे छलफल नभएको, बरु पावर शेयरिङमा र मन्त्रिमण्डलको विषयमा मात्रै भएको उनले बताए।