२५ जेष्ठ २०८३, सोमबार
,
Latest
रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्षिकोत्सबको अबसरमा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न



अ+ अ-

प्रिया अधिकारी, रुपन्देही । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ बुटवल पुरानो वसपार्कमा अबस्थित मकालु स्वास्थ्य उपचार केन्द्र प्रालिले आफ्नो तेस्रो वाषिर्कोत्सवको अबसरमा कञ्चन गाउँपालिका भित्रका साविक गाउँ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन गरेको छ। 

मकालु उपचार केन्द्रकी सहायक चिकित्सक जुनु थापाको अध्यक्षतामा कञ्चन वडा न १ वडा अध्यक्ष हरिनारायण थारुको प्रमुख आतिथ्यता र दुर्गा मा.विका संस्थापक अध्यक्ष टिकानिधी पौडेल विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा १४ टिमको सहभागिता रहेको थियोे । प्रबन्ध निर्देशन राजु थापका पिता हन बहादुर थापाले समुदघाट्न रहेकोे खेलमा प्रथम हरैयाका शिव क्षेत्रि र विजय गुरुङ, दोस्रो मिलन र भिसन, तेस्रो रोहित र जनक भएका थिए । प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः प्रथम ५५०० मायाको चिनो मेडल र प्रमाणपत्र ,दितिय ३५०० मायाको चिनो मेडल र प्रमाणपत्र  र तेस्रो स्थान हासिल गर्नेलाई मायाको चिनो मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने बेस्ट पेलेयरका रुपमा कक्षा८ मा पढ्ने गजेडिका गौरव पुनलाई समेत मायाको चिनो मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।    

कञ्चन गाउँपालिका वडा नस् १ का वडा अध्यक्ष हरिनारायण थारु, मकालु स्वास्थ्य उपचार केन्द्रकी सहायक चिकित्सक जुनु थापाको मन्तव्य रहेको कार्यक्रममा लौसा टोलविकास समितिका अध्यक्ष लाल बहादुर कार्की, सानो उकाली टोलविकास समितिका अध्यक्ष तामलाल गिरि ,सिर्जनशिल टोल विकास समितिका अध्यक्ष  धन बहादुर सुनार,न्यु मुन्लाइट युवा क्लब लौसाका अध्यक्ष  कृष्ण गिरि, सुन्दर नगर टोल विकास समितिका अध्यक्ष भक्त बहादुर थापा,दुर्गा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष  विष्णु आचार्य, बाउ समाजका अध्यक्ष हन बहादुर थापा लगायतलको उपस्थिती रहेको थियो। 

थम्मन बोहोराको  रेफ्रीको भुमिका रहेको कार्यक्रममा जुनु थापाको स्वागत मन्तव्य  केवि धुवाँले को सञ्चालनमा न्यु मुनलाइट युवा क्लबको प्राङ्गणमा  सम्पन्न भएको थियो।