२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टससंग बेनेभेन्टोको बराबरी



अ+ अ-

मिलान । इटालियन सिरी ‘ए’ को डिफेन्डिङ च्याम्पियन युभेन्टस शनिबार यसै सिजन मात्र बढुवा पाएको बेनेभेन्टोसँग १–१ को बराबरीमा रोकिएको छ । यस सिजन युभेन्टसले खेलेका लिगका नौ खेलमध्ये यो उसको पाँचौं बराबरी हो ।

यो खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई आराम दिएको थियो । उनको अभाव खेलमा प्रस्ट देखियो । अल्भारो मोराटाले २१ औं मिनेटमा युभेन्टसलाई अग्रता दिलाएयता जाटानो लेटिजाले पहिलो हाफको अन्त्यतिर बराबरी गोल गरे ।

लिगमा युभेन्टस अपराजित रहे पनि रोनाल्डोविनाको खेल जित्न सकेको छैन । यो नतिजापछि टिम १७ अंकसाथ पाँचौं स्थानमा छ । यो शीर्ष स्थानमा रहेको एसी मिलानसँग तीन अंकको दूरी हो । बेनेभेन्टो भने १० अंकमा छ ।