२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टर बागमती प्रदेश अध्यक्षमा अधिकारी



अ+ अ-

हेटौँडा। नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल बागमती प्रदेश अध्यक्षमा ध्रुव अधिकारी सर्वसम्मत भएका छन् ।

सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोसी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपाल बागमती प्रदेशको पाँचौँ अधिवेशनबाट अध्यक्षमा मकवानपुरका अधिकारी चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा धादिङका राजन अधिकारी, समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अञ्जलि तामाङ, महासचिवमा नवीन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भीर विक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

समितिको सदस्यहरूमा यादव चौलागाईँ, उमेश राई, सरला अधिकारी, रुपा गुरुङ लगायत चयन भएका छन् ।