२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकलले गुनासा नआउने गरी सेवा प्रवाह गर्नुपर्छ- हिक्मतकुमार कार्की



अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल टेलिकमले जनताको गुनासा नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन कोशी प्रदेश समितिको १२औँ प्रदेश अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले टेलिकमलाई स्तरोन्नति, विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्रीले भन्नुभयो, “टेलिकमसहित मुलुकका अन्य सार्वजनिक संस्था बलियो, गुणस्तरीय सेवा दिने र सक्षम भएमा राष्ट्रले समृद्धि हासिल गर्नेछ ।” उहाँले आगामी वैशाख १ गतेदेखि प्रदेश सरकारले मनाउने ‘पर्यटन भ्रमण वर्ष’को अवधिभर टेलिकमले आफ्नो ‘रिङटोन’मार्फत प्रदेशभरिका पर्यटकीयस्थलको जानकारी दिँदै विदेशी पर्यटकलाई अस्थायी सिम वितरण गरी सहयोग गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै विकास र रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राख्दै यसका लागि प्रदेश लगानी सम्मेलनको आवश्यक प्रचारप्रसार गर्न सबैलाई आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीका अध्यक्ष घनश्याम खतिवडा र नेता विनोद ढकालले टेलिकमले कर्मचारीको हकहित र जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।

सङ्गठनका प्रदेश अध्यक्ष सुमित ओझा, केन्द्रीय उपमहासचिव गोविन्द ढुङ्गानाले अधिवेशनले विगत कार्यको समीक्षा तथा आगामी दिनमा गर्नुपर्ने कार्यदिशा अवलम्बन गर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले सोही अवसरमा सेवानिवृत्त कर्मचारीलाई सम्मान गर्नुभएको थियो । रासस