२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण’



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको विकास र समृद्धिमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश प्रहरी कार्यालय रानी विराटनगरद्वारा संयुक्त रूपमा आयोजित ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, सुरक्षा जाँच स्टिकर शुभारम्भ’ गर्दै आज उहाँले अतिथिलाई सम्मान गर्नु नेपालीको संस्कार रहेको बताउनुभयो ।

भ्रमणमा आउने पर्यटकलाई कुनै असुविधा नहोस् भन्ने हेतुले सुरक्षा स्टिकरको प्रबन्ध गरेको जानकारी उहाँले दिनुभयो । उहाँले स्थलमार्ग प्रयोग गरेर कोशी प्रदेश प्रवेश गर्ने यात्रुहरूको सवारीलाई नाकामै आवश्यक जाँच गरी स्टिकर लगाउने प्रबन्धले पर्यटकले अनावश्यक झमेला व्यहोर्नु नपर्ने र यसबाट पर्यटकमा उत्साह आउनुका साथै पर्यटकलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माणमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकाले राष्ट्रिय आय वृद्धि हुने उल्लेख गर्नुभयो । पर्यटन वर्ष २०८२ आधार वर्ष भएकाले यही वर्षमा पर्यटन भित्र्याउने योजना, नीति तथा पूर्वाधार निर्माण गर्ने योजना रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “प्रदेश सरकार आफ्ना काम, कर्तव्य र अधिकारप्रति सचेत छ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पर्यटकलाई नेपाल सहज वातावरण सृजना गर्न यो प्रक्रिया अपनाएको बताउनुभयो । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटन वर्ष २०८२ हाम्रा लागि सुवर्ण अवसर रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेशका तीनवटै सुरक्षा निकायका प्रमुख, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, आन्तरिक मामिला तथा कानुन सचिव रामप्रसाद आचार्य र सञ्चारकर्मीको सहभागिता थियो ।रासस