२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा फुटबल फर स्कुलमा ३२ हजारभन्दा बढी विद्यार्थी सहभागी



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशको ७७ वटै जिल्लाका एक हजार ७२ वटा विद्यालयलाई फुटबल प्रदान गर्ने भएको छ ।

विद्यार्थीलाई फुटबलमार्फत शारीरिक, मानसिक, सामाजिक र नैतिक विकास गराउने उद्देश्यले फुटबल फर स्कुल कार्यक्रमअन्तर्गत ७७ वटै विद्यालयलाई फुटबल प्रदान गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा आगामी साउन १५ गते उक्त कार्यक्रम हुने भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार पत्रकार सम्मेलनमार्फतएन्फाले यस कार्यक्रमबारे जानकारी दिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपत्यकाका विद्यालयबाट करिब ३/४ हजार विद्यार्थी सहभागी गराउँदै फिफा फुटबल फर स्कुलको औपचारिक शुभारम्भ हुने एन्फाका महासचिव किरण राइले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा फिफाको फुटबल फर स्कुलका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेजले फुटबल फर स्कुलको आवश्यकता र महत्वबारे चर्चा गर्दै प्राथमिक तहका विद्यार्थीलाई फुटबलका माध्यमबाट व्यावहारिक ज्ञान दिने प्रयास रहेको बताए ।  एन्फाका महासचिव किरण राईले करिब १५/१६ करोड बराबरको फुटबल प्रदान गर्न लागिएको र यस किसिमको कार्यक्रमले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने बताए । यसअघि दक्षिण एसियामा भारतले यो कार्यक्रम आयोजना गरेको र त्यसपछि नेपालले पनि यो कार्यक्रम गर्न लागको उनको भनाइ छ । उपत्यका बाहिर भने त्यहाँ नै गएर फुटबल प्रदान गर्ने कार्यक्रम छ ।

फिफा र युनेस्कोको सहकार्यमा यो कार्यक्रम आयोजना हुँदै आएको छ । यसले बालबालिकाको शिक्षा, विकास र सशक्तीकरणमा योगदान पु¥याउने फिफाले लक्ष्य राखेको छ । साथै यस कार्यक्रमले फुटबललाई शिक्षणको एक माध्यमको रूपमा प्रयोग गरी विद्यार्थीहरूलाई अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व, लैङ्गिक समानता र सामाजिक समावेशीता सिकाउने आशा गरिएको छ । प्रशिक्षक तथा शिक्षकहरूलाई तालिम दिइने यस कार्यक्रमको योजना छ । देशभरका ७७ वटै जिल्लाका हजार ७२ विद्यालयहरूमा ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिँदैछ ।




भर्खरै